काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्ममा मुलुकले ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको ७ महिनाको तुलनामा चालु आवको ७ महिनासम्म कूल आयात २.३१ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको विaवरणअनुसार ७ महिनाको अवधिमा नेपालको निर्यात पनि ७.०७ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ७ महिनाको अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । सो अवधिमा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । विभागका अनुसार माघ मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ ।