Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कन्या गुरुकुलको अक्षयकोषका लागि रु एक करोड ७५ लाख रकम सङ्कलन


नया सडक

२०८०, फागुन ९ बुधबार

  • 912
    Shares

  • कन्या गुरुकुलको अक्षयकोषका लागि रु एक करोड ७५ लाख रकम सङ्कलन

     

    काठमाडौँ ।गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि काठमाडौँको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा आयोजना गरेको श्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञबाट रु एक करोड ७५ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । 

     

    गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले यही फाुगन १ देखि आजसम्म उक्त महायज्ञको आयोजना गरेको थियो ।

     

    उक्त महायज्ञबाट रु एक करोड ७५ लाखभन्दा बढी रकम सङ्कलन भएको आयोजक समितिका संयोजक डा गोविन्द टन्डनले राससलाई जानकारी दिनुभयो । सो महायज्ञमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उक्त सहयोग उपलब्ध गराएका थिए । 

     

    नेपालमा हाल कूल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिका पढ्ने गरेका छन् । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहसंयोजक पौडेलले बताउनुभयो । उहाँले देवघाट धाममा स्थापित पहिलो समावेशी गार्गी कन्या गुरुकुललाई स्थापनाकाल देखिनै अभिभावकीय भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । 

     

    महायज्ञमा भागवत वाचक पण्डित कुबेर सुवेदीले भागवत कथा वाचन गर्नुभएको थियो भने युवा पण्डित सुशीलकुमार वाग्ले उपवाचक रहनुभएको थियो । कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो । गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित ८० कन्या पाँचदेखि ११ कक्षासम्म अध्ययनरत छन् ।  

     

    प्रसिद्ध विदूषी स्वर्गीय अङ्गुरबाबा जोशीको सदिच्छाअनुसार काठमाडौँमा विसं २०६७ देखि गार्गी कन्या गुरुकुलको स्थापना गरिएको हो । विसं २०७५ देखि भरतपुर–देवघाट धाम चितवनमा गार्गी कन्या गुरुकुल सञ्चालनमा रहेको छ । 

     

    नेपालमा दुई सय ५० भन्दाबढी गुरुकुल दर्ता भए पनि एक सय ५० जति मात्र सञ्चालनमा रहेका राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष गोदा सुवेदीले जानकारी दिनुभयो । पछिल्लो समयमा सबैका लागि संस्कृत शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा रहेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस