Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

माओवादी केन्द्रको स्थायी समिति बैठक हुँदै


नया सडक

२०८०, फागुन १० बिहीबार

  • 636
    Shares

  • माओवादी केन्द्रको स्थायी समिति बैठक हुँदै

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज हँुदैछ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो ।
     
     बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो ।
     
     उक्त अभियान प्रभावकारी देखिएको उल्लेख गर्दै माओवादीले क्षेत्रगत आधारमा नयाँ अभियान सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।रासस

    प्रतिक्रिया दिनुहोस