Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

हुम्ला जिल्लाको एक वडामा भ्रष्टाचार भएको भनी अख्तियारद्वारा सात जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर 

हुम्ला जिल्लाको एक वडामा भ्रष्टाचार भएको भनी अख्तियारद्वारा सात जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर 

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाइ सात जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीसहित सात जनाविरुद्ध मुद्दा अभियोग पत्र दायर गरेको हो ।

    उनीहरूले जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भनी प्राप्त भएको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरी  अनियमितता भएको ठम्याउँदै आयोगले मुद्दा दायर गरेको छ ।

    तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मान बहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र चंखेली गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि सोही अभियोग लगाई विशेष अदालत काठमाडौंमा अभियोग पत्र दायर गरिएको छ ।

    उनीहरुले आ.व. २०७४÷०७५ मा सञ्चालित वडा कार्यालयको फिल्ड निर्माण कार्यमा वास्तविक भए गरेको कार्यभन्दा बढी मूल्यांकन गरी सो मूल्यांकन नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन उनीहरूले तयार गरि स्वीकृत गराएका थिए ।

    सो कार्यबाट ११ लाख ९४ हजार ४२६ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगले जनाएको छ । उनीहरूसँग सोही रकम बराबरको बिगो मागदाबी लिई  विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

    उनीहरुले नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारको कथन छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij