Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मौद्रिक नीतिको समीक्षाको कार्यान्वयनको लागि राष्ट्र बैंकले जारी गर्यो सर्कुलर


नया सडक

२०८०, फागुन १० बिहीबार

  • 1.1k
    Shares

  • मौद्रिक नीतिको समीक्षाको कार्यान्वयनको लागि राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

    मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको कार्यान्वयनको लागि राष्ट्र बैंकले सर्कुलर जारी गरेको छ।

    केन्द्रीय बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत)मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ।

    यो व्यवस्था २०८० चैत १ देखि लागु हुने राष्ट्र बैंकले जनाएको छ।अहिले बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा संस्थागत निक्षेपमा २ प्रतिशत कम ब्याज दिनुपर्ने व्यवस्था छ। चैतदेखि भने व्यक्तिगतको तुलनामा १ प्रतिशत मात्रै कम ब्याज दिए हुन्छ। यसले गर्दा बैंकहरुले संस्थागत निक्षेपकर्तालाई बढी ब्याज दिन पाउने भएका छन्।

    राष्ट्र बैंकले बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था भने खारेज गरेको छ।

    प्रतिक्रिया दिनुहोस