Logo

May 03 2024 | २०८१, वैशाख २१गते

images

स्याङ्जामा जन्मिएका रमेश श्रेष्ठको व्यवसायिक सफलता : नेपाल ,दुबई, कतार हुँदै युरोपसम्म व्यवसायिक सञ्जाल विस्तार


नया सडक

२०८०, फागुन ११ शुक्रबार

  • 10.7k
    Shares

  • स्याङ्जामा जन्मिएका रमेश श्रेष्ठको व्यवसायिक सफलता : नेपाल ,दुबई, कतार हुँदै युरोपसम्म व्यवसायिक सञ्जाल विस्तार

     काठमाडौं । डेढ दशक अगाडि स्याङजाबाट रोजगारका लागि  आफै दुबई गएका रमेश श्रेष्ठले अहिले स्वदेश र विदेशमा व्यवसाय गरेर कैयौँलाई रोजगार दिइरहेका छन् । सन् २००८मा रोजगारका लगि दुबई गएका रमेश अहिले दुबईमा तीन ओटा कम्पनीका मालिक छन् भने झण्डै १६० जना भन्दा बढीलाई रोजगारी दिइरहेका छन् ।दुबईमा उनका जीसीडी एचआर एन्ड म्यानेजमेन्ट कन्सल्ट्यान्सिज, जीसीडी क्लिनिङ कम्पनी  र  जीसीडी डक्युमेन्ट क्लियरेन्स कम्पनी रहेका छन् ।जहाँ रमेशले १६० जना भन्दा बढीलाई रोजगारी दिएका छन् । उनका अनुसार कम्पनीहरूमा नेपालीहरूलाई प्राथमिकताका साथ रोजगार दिने गरिन्छ ।

    images

    यस्तै जीसीडी ग्रुप अन्तर्गतको कतार अफिसमा १५ जना , युरोपका विभिन्न अफिसमा गरी १० जना र नेपालको जीसीडी वर्ल्डवाइड प्रालिमा ३० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । रमेशले युरोपका क्रोएसिया, बुल्गेरिया र माल्टामा अफिस संचालन गरिसकेका छन । स्वच्छ र पारदर्शीढंगले व्यवसाय गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरेका रमेशले अहिले युरोपमा नेपालीका लागि श्रमबजार खोजी रहेका छन् । रमेशले युरोपमा क्रोएसिया,बुल्गेरिया ,माल्टा,हंगेरी, लिथोेनियाँ ,ग्रिस लगाएकातका युरोपियन देशहरुमादेशमा बार्षिक सयौ नेपालीहरूलाई रोजगारीमा पठाइसकेका छन् । 

    उनको कम्पनी जीसीडी ग्रुप अफ कम्पनीजले विश्वको श्रम बजारमा दक्ष , अर्धदक्ष र अदक्ष कामदारसहित विभिन्न क्षेत्रका  पेशाकर्मीहरूको आपूर्ति गराउने गर्छ ।
    जीसीडीले विश्वभरका गरी साढे चार दर्जन कम्पनीहरूलाई आफ्नो सेवा दिइरहेको अध्यक्ष श्रेष्ठले नयाँ सडकसँग बताए ।अध्यक्ष श्रेष्ठका अनुसार जीसीडीका कम्पनीहरू यूएई, कतार, नेपाल, बंगलादेश, , मलेसिया, भिएतनाम, श्रीलंकामा रहेका छन् । सम्बद्ध कम्पनीहरू भारत र पाकिस्तानमा समेत रहेका छन् ।

    ग्राहक कम्पनीहरूको परियोजनामा अल्पकालीन वा परियोजना पूरा भएसम्मका लागि चाहिने विभिन्न किसिमका श्रमशक्ति आपूर्ति  जीसीडीले गर्ने गरेको छ ।
    यूएईमा तेल तथा ग्यास निर्माण, सूचना प्रविधि, बन्दोबस्ती, सुविधा उपलब्ध गराउने, चालक, व्यवस्थापन तथा प्रशासकीय, अतिथिस्वागत, बैंक तथा वित्त र सुरक्षाको क्षेत्रमा चाहिने श्रमशक्ति उपलब्ध गराउने गरेको  र गराएको कम्पनीले जनाएको छ ।नेपालबाट पनि कम्पनीले यस्ता क्षेत्रमा श्रमशक्तिको आपूर्ति गरेको र गरिरहेको जनाएको छ ।
    नेपालमा रहेको कम्पनी जीसीडी वर्ल्डवाइड प्रालि, भारतमा एरिकसन इन्टरप्राइजेज, पाकिस्तानमा मावारीद इन्टरप्राइजेज, फिलिपिन्समा जोबस्टार इन्टरनेशनल म्यानपावर सर्भिसेज र अफ्रिकामा ग्रिनपेजेज डाइनामिक वर्ल्ड लिमिटेड रहेको कम्पनीले जनाएको छ ।

    विश्व बजारमा श्रमशक्ति उपलब्ध गराउने कम्पनीका उद्यमी श्रेष्ठले नेपाली कामदारको माग त्यतिखेर मागपत्रको आवश्यकताको आधारमा नहुने गरेको बताए ।अहिले पनि नेपालीहरूको माग सहनशीलता र लगनशीताका कारण ठुलो रहेको बताउँदै अध्यक्ष श्रेष्ठले यसका लागि नीतिगत सुधारको आवश्यकता औंल्याए  ।एनआरएनएका मध्यपूर्व उपसंयोजको जिम्मेवारीमा रहेका श्रेष्ठले यसअघि एनआरएनए एनसीसी यूएईको विभिन्न पदमा रहेर नेतृत्वदायी भूमिका खेलिसकेका छन् । श्रेष्ठले व्यवसायका अतिरिक्त विभिन्न सामाजिक काम गरिरहेका छन् । श्रेष्ठ स्याङ्जा सेवा समाज यूएईलगायत विभिन्न सामाजिक संघस्थामा आबद्ध छन् । विभिन्न समयमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्दै आएका रमेशले अपाङ र बालबालिकालाई सहयोग गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस