Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

चोरबाटो भएर अमेरिका पुगेका आठ नेपाली फर्काइए 


नया सडक

२०८०, फागुन ११ शुक्रबार

  • 849
    Shares

  • चोरबाटो भएर अमेरिका पुगेका आठ नेपाली फर्काइए 

    काठमाडौं । चोरबाटो  भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्। अध्यागमन विभागका अनुसार तल्लो बाटो भएर अमेरिका पुगेकाहरू आठ जनालाई  बिहीबार दिउँसो साढे ३ बजेतिर फर्काइएको हो ।

    अवैधबाटो भएर गएकाले फर्काइएकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले जानकारी सार्वजनिक गरेका छन् ।

    अमेरिकामा  नियन्त्रणमा लिएर उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो।  नेपालीहरू धेरैजसो तल्लो बाटोको प्रयोग गरी अमेरिका छिर्ने गरेको पाइन्छ।  यसरी अमेरिका छिरेको पाइए त्यहाँको सरकारले डिपोर्ट गर्ने गरेको छ।  चोरबाटोबाट अमेरिका पुग्न उनीहरूले कति खर्च गरे भन्ने कुरो खुल्न अझ बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस