Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

मिटर ब्याज पीडितहरूको धर्ना भृकुटीमण्डप सडक खण्डमा


नया सडक

२०८०, फागुन ११ शुक्रबार

  • 720
    Shares

  • मिटर ब्याज पीडितहरूको धर्ना भृकुटीमण्डप सडक खण्डमा

    काठमाडौँ । सुदूर पूर्व र सुदूरपश्चिमबाट संघीय राजधानी काठमाडौँ आएका मिटर ब्याज पीडितहरूले  सिंहदरबार क्षेत्र प्रवेश नपाएपछि भृकुटीमण्डप सडक खण्डमै धर्ना दिएर बसेका छन् । शुक्रवार पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘सिंहदरबार मार्च’मा निस्किएका हुन् ।  

    images

    मिटर ब्याज पीडितहरूले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेर चितवनमा भेला भएका थिए । पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेको हो ।

    उनीहरू बुधवार बेलुका थानकोटस्थित पार्कमा बसेका थिए । बिहीबार सिंहदरबार आउने कार्यक्रम भए पनि पानीका कारण रोकिएका थिए ।उनीहरू शुक्रवार आएर राजधानीमा न्याय मार्च निकालेका हुन् ।

    प्रतिक्रिया दिनुहोस