काठमाडौँ । लघुवित्त र सहकारी पीडितहरूले राजधानीको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन् ।
न्यायका लागि भन्दै देशका विभिन्न स्थानबाट आएका लघुवित्त र सहकारी पीडितहरूले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् ।
सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनावको अवस्था पैदा हुन पुगेको थियो । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि तनावको अवस्था सिजर्ना भयो ।
हिँडरै आइपुगेका लघुवित्त पीडितहरू सिफलमा खुला आकाशमुनि बसिरहेका छन् । लघुवित्तले ऋणपासोमा पारेर दुःख दिएको भन्दै उनीहरूले न्यायको माग गरिरहेका छन् ।