Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • काठमाडौँ । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०–८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “बजेट खोज्दै छौँ ।” 

    मन्त्रालयले आफ्नो वेबसाइटमा गत असोज २ गते राष्ट्रिय शिक्षा दिवसका दिन पुरस्कृतको नामावली सार्वजनिक गरेको थियो । त्यस बेला तत्काल पदक तयार गर्न समय अभावले सम्भव नभएकाले फागुन ७ गते औपचारिक कार्यक्रमको आयोजना गरेर वितरण गर्ने भनी पुरस्कृत भएकालाई मौखिक जानकारी दिइएको थियो । मन्त्रालयले बजेट छिटै उपलब्ध भइसक्ने र पदक तयार गर्दा बढीमा दुई महिना लाग्ने अनुमानका भरमा फागुनमा पुरस्कार वितरण गर्ने सोच बनाएको थियो । यो समाचार  आजको गोरखापत्र दैनिकमा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij