Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि


नया सडक

२०८०, फागुन १३ आइतबार

  • 933
    Shares

  • कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख अवस्थामा रहेको कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि भएको छ । दुर्लभ कृष्णसारको सङ्ख्या ४२ वटाबाट वृद्धि भई अहिले २७७ वटा पुगेको छ ।

    सन् १९६० को दशकमा शुक्लाफाँटाको हीरापुर क्षेत्रमा कृष्णसार देखा परेको थियो । सोही आधारमा कृष्णसारका लागि उपयोगी हावापानी हुन सक्ने ठानेर विभिन्न ठाउँबाट स्थानान्तरण गरेर ल्याइएको थियो । सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगन्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पु¥याएको थियो । त्यसपछि सन् २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो । 

    निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मनोज ऐरका अनुसार स्थानान्तरण गरिएको छोटो समयमा शुक्लाफाँटामा कृष्णसारको राम्रो वृद्धि भएको छ । सन् १९७० को दशकमा नेपालबाट कृष्णसार लोप हुन लागेको भनिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    प्रतिक्रिया दिनुहोस