Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आजदेखि सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्ने


नया सडक

२०८०, फागुन १३ आइतबार

  • 702
    Shares

  • आजदेखि सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्ने

    काठमाडौं । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइतबार फागुन १३ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यसले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
    सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

    प्रतिक्रिया दिनुहोस