Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मिटर ब्याज पीडितहरूको  राजधानी प्रदर्शन 


नया सडक

२०८०, फागुन १३ आइतबार

  • 816
    Shares

  • मिटर ब्याज पीडितहरूको  राजधानी प्रदर्शन 

    काठमाडौं । मिटरब्याज पीडितहरूले उपत्यकामा मिटरब्याज विरूद्धको न्याय मार्च सुरु  भएको छ ।२५ दिन हिँडेर शुक्रबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले शानिबार आराम  गरेपछि आइतबारदेखि  मार्च सुरू गरेका हुन् ।

    उनीहरूले एक बजेदेखि पद्मोदयमार्ग–बगबजारहुँदै विद्युत प्राधिकरणको भवनअगाडि भृकुटीमण्डपबाट कार्यक्रमको आयोजना गरे ।करिब एक हजारको संख्यामा सहभागी भएका मिटर ब्याज पीडितहरू राजधानीमा  शान्तिपूर्ण न्याय मार्च गर्ने गरी आएको सहभागीहरूले बताएका छन् ।

    न्याय मार्चले फन्को मारेर कार्यक्रमहरू एक ठाउँ जम्मा हुने भएका छन् । पीडितका समस्याहरूकोबारेमा विभिन्न व्यक्तिहरूले बोल्ने छन्। अहिलेसम्म सरकारले उनीहरूलाई कुनै पनि वार्ताका लागि बोलाएको छैन। त्यसैले आफूहरू आन्तरिक छलफलमा लागि परेको उनले बताए। 

    उनीहरूले ६ बुँदे माग राख्दै माघ १६ गतेदेखि हिँड्न थालेका हुन्। उनीहरू आफ्ना माग पुरा नभएसम्म नफर्किने अडानमा छन्। 

     

    प्रतिक्रिया दिनुहोस