Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

उच्च अदालतका न्यायाधीश थपलिया र जिल्ला न्यायाधीश निरौलालाई पदमुक्त गर्न सिफारिस


नया सडक

२०८०, फागुन १३ आइतबार

  • 927
    Shares

  • उच्च अदालतका न्यायाधीश थपलिया र जिल्ला न्यायाधीश निरौलालाई पदमुक्त गर्न सिफारिस

    काठमाडौँ ।न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

    प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले राससलाई जानकारी दिनुभयो ।

    परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ । जिल्ला न्यायाधीश डा पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसक्नुभएको छ । (रासस)

    प्रतिक्रिया दिनुहोस