Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमणमा


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 945
    Shares

  • अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमणमा

    काठमाडौँ । ठिक एक वर्षअघि यसैबेला नेपाल भ्रमणमा आएकी  अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमणमा आएकी छन् । नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री अख्तर आज सोमबार  नेपाल भ्रमणमा आएकी हुन् ।

    आफ्नो भ्रमणका क्रममा मन्त्री अख्तरले नेपालमा सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको सदस्यलगायत उच्चस्तरीय भेटघाट गर्नेछिन् ।

    भ्रमणका क्रममा उनले नेपालमा संयुक्तराज्य अमेरिका र नेपाल बिचको द्विपक्षीय सम्बन्धले शिक्षा, स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने  विषयमा छलफल गर्ने अमेरिकी  दूतावासले जनाएको छ ।

    यसअघि गत वर्ष आएका बेला  उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) तथा ऊर्जा नेपालका साझेदारहरुसँग छलफल गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस