Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

मेयर साम्पाङले मागेजस्तो धरानमा विमानस्थल बनाउन अवस्था उपयुक्त नभएको निष्कर्ष


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 579
    Shares

  • मेयर साम्पाङले मागेजस्तो धरानमा विमानस्थल बनाउन अवस्था उपयुक्त नभएको निष्कर्ष

    काठमाडौं । हवाई उडान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नहुने देखिएको जनाएको छ ।नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गरी यस्तो जनाएको हो ।

    images

    प्राधिकरणले तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने हुँदा  धरानमा विमानस्थल उपयुक्त नहुने निष्कर्ष निकालिएको जनाएको छ ।साथै आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण समेत त्यहाँ विमानस्थल सम्भव नरहेको प्राधिकरणले जनाएको छ ।

    यसैगरी धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना पनि नरहेको प्राधिकरणले जनाउँदै विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगिएको जनायो । यसअघि यसका लागि चर्चा बटुलेर धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका हर्क साम्पाङले  धरानमा विमानस्थल बनाउनुपर्ने माग गरी त्यसका लागि सकेसम्मको  दबाब दिँदै आएका छन् ।

    मेयर साम्पाङको दबाबलाई सम्बोधन गर्न  सरकारले एक समिति बनाएर  धरानमा  विमानस्थल बनाउन आवश्यक रहे–नरहेको बारे अध्ययन गरेको थियो । सोही अध्ययन आधारमा धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा प्राधिकरणले खुलाएको हो ।

    प्रतिक्रिया दिनुहोस