Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

गैर आर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तिायारलाई लेखा समितिको निर्देशन

गैर आर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तिायारलाई लेखा समितिको निर्देशन

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गैर आर्थिक भ्रष्टाचारजन्य कार्यको अनुसन्धान प्रभावकारी ढंगबाट गर्न निर्देशन दिइएको छ ।प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अख्तियारलाई यस्तो निर्देशन दिएको हो ।

    लेखा समितिको मंगलबारको बैठकमा अख्तियार प्रमुख प्रेम राई र आयोगका सचिवसँग छलफल भएको थियो । लेखा समितिको बैठकमा अख्तियार प्रमुखलगायतसँग भएको छलफलपछि सभापति ऋषिकेश पोखरेलले गैर आर्थिक भ्रष्टाचारजन्य कार्यको अनुसन्धान प्रभावकारीरूपमा गर्न निर्देशन दिए ।

    साथै समितिले सरकारलाई पनि भ्रष्टाचार प्रकरणका अनुसन्धानका लागि विभिन्न मुलुकहरूसँग सूचना लिनुपर्ने भएकाले त्यसका लागि सम्झौता गर्न पनि निर्देशन दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij