Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

परराष्ट्र सचिव भारत प्रस्थान


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 648
    Shares

  • परराष्ट्र सचिव भारत प्रस्थान

     

    काठमाडौँ ।  आठौँ एसिया इकोनोमिक डाइलगमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल आज भारत प्रस्थान गर्नुभएको छ । यही फागुन १७ देखि १९ गतेसम्म भारतको पुनेमा आयोजना हुने सो कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उद्घाटन सत्रमा सहभागी हुनेछ । 

    भ्रमणका क्रममा सचिव लम्साल नेत्वको प्रतिनिधिमण्डलले भारतका विदेशसचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।एसियन इकोनोमिक डाइलग वार्षिकरुमपा आयोजना हुने बहुपक्षीय सम्मेलन हो । भारतीय विदेश मन्त्रालय र पुने इन्टरनेसनल सेन्टरले संयुक्तरुपमा सम्मेलनको आयोजना गरेको हो । 

    समसामयिक विषयमा छलफल हुने उक्त कार्यक्रममा विभिन्न देशका प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी भई परराष्ट्र सचिव लम्साल यही फागुन १८ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

    प्रतिक्रिया दिनुहोस