Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

एनआइसी एसिया बैंकको ५ लाख १३ हजार कित्ता संस्थापक सेयर लिलामी  बिक्री खुला


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 780
    Shares

  • एनआइसी एसिया बैंकको ५ लाख १३ हजार कित्ता संस्थापक सेयर लिलामी  बिक्री खुला

    काठमाडौं । एनआइसी एसिया बैंकले आज (फागुन १६ गते) देखि ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २०८ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गर्नेछ ।

    आवेदकले एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस