Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

  •  

    काठमाडौँ ।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ । 

     

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यससँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ । 

     

    नेपाल पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यता नेदरल्यान्ड्स भने नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ । 

     

    आजको खेलमा नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । अविनाश बोहरा र विवेककुमार यादवलाई बेन्च राखिएको छभने ललितनारायाण राजवंशी र प्रतिश जिसी प्लेइङ एघारमा समेटिएका छन् । 

     

    नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलसन झा र प्रतिश जिसी छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij