Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल विद्युत प्राधिकरणको पहिलो ६ महिनामा सवा १५ अर्ब बढी मुनाफा  


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 870
    Shares

  • नेपाल विद्युत प्राधिकरणको पहिलो ६ महिनामा सवा १५ अर्ब बढी मुनाफा  

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष(आव)को पहिलो ६ महिनामा सवा १५ अर्ब रुपैयाँ  बढीको मुनाफा कमाएको छ ।चालु आव २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ प्राधिकरणले नाफा कमाएको हो ।

    सो अवधिको अपरिष्कृत विवरण अनुसार विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत  खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । 

    प्राधिकरणले समीक्षा अवधिमा करकट्टी गर्न अघि आर्जित मुनाफा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्ष २०७९/८०को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको जानकारी सार्वजनिक गरेका छन् । 

    कार्यकारी निर्देशक घिसिङले विद्युतमा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा आगामी वर्षहरुमा १०÷१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्ने बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस