काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डलाई अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको छ । हकप्रद निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ ।