काठमाडौं । आज बिहीबार साताको अन्त्यमा नेप्से दोहोरो अंकले घटेर दुई हजार बिन्दु तल गएको छ ।आज नेप्से २८.६८ अंकले घटेर १९७२. ०९मा झरेको हो ।
अढाई अर्ब रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री कारोबार भयो ।विभिन्न कम्पनीहरूका गरी ७४ लाख ४६ हजार ९सय ९१ कित्ता सेयरको कारोबार भएको थियो ।
यसअघि बुधबार नेप्से ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा झरेको थियो । सो दिन दिन २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने ३०८ कम्पनीको ५१ लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको थियो ।