Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

सेफ्टी  ट्यांकरमा लुकाएर लागु औषध कारोबार गर्ने एक जना पक्राउ

सेफ्टी  ट्यांकरमा लुकाएर लागु औषध कारोबार गर्ने एक जना पक्राउ

  • काठमाडौँ । प्रहरीले ढलको फोहोर सफाइमा प्रयोग गरिने सेफ्टी  ट्यांकरमा लुकाएर लागु औषध कारोबार गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । 

     विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जम्मुडाँडास्थित सडक किनारबाट सर्लाही ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ परेको हो । 

    ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी सार्वजनिक गरे अनुसार  लागु औषध कारोबार गर्ने शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा  फागुन १६ गते राति  सडक किनारमा रोकी राखेको ना ८ख २०२२ नम्वरको सेफ्टी ट्यांकरको सिटमुनि  ४७५ बोतल लागुऔषध फेला परेको थियो ।

    सोही क्रममा मोक्तानसहित उक्त लागु औषध ओसारपसारमा प्रयोग गरिएको सेफ्टी ट्यांकर नियन्त्रणमा लिएर सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij