Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते


नया सडक

२०८०, फागुन १८ शुक्रबार

  • 885
    Shares

  • बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते

    बेलबारी ।   दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको  बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो ।  मृत्युहुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक दाहालले बताउनुभयो । घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस