Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

शिवम सिमेन्ट्सले १४.२५ प्रतिशत लाभांश वितरण गर्ने


नया सडक

२०८०, फागुन १८ शुक्रबार

  • 897
    Shares

  • शिवम सिमेन्ट्सले १४.२५ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं ।  शिवम सिमेन्ट्स लिमिटेडले यस वर्षको १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बोनस शेयर वापतको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् फागुन १४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको हो ।
    यस वर्ष कम्पनीले बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश समेत दिएको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

    कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेका छ ।

    प्रतिक्रिया दिनुहोस