Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

भरतपुर पुगेर कांग्रेस सभापति देउवाले गठबन्धनमा कुनै समस्या नरहेको बताए


नया सडक

२०८०, फागुन १८ शुक्रबार

  • 597
    Shares

  • भरतपुर पुगेर कांग्रेस सभापति देउवाले गठबन्धनमा कुनै समस्या नरहेको बताए

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षका माग दाबीको अडानबाट सत्ता गठबन्धन भाँडिन सक्ने अड्कलबाजी चलिरहेका बेला कांग्रेस सभापति देउवाले भरतपुरमा भ्रमण वर्ष २०२४को उद्घाटन समारोहमा भाग लिन गएका बेला पत्रकारहरूसँग यस्तो बताएका हुन् ।

    कोशी प्रदेशमा माओवादी उम्मेदवारलाई कांग्रेसका तर्फबाट मतदान नहुँदा नेकपा एमालेका उम्मेदवार जितेयता माओवादीका नेताहरू संशकित भएका भएका छन् ।
    भरतपुरमा आयोजित भ्रमण वर्ष २०२४को उद्घाटनमा पूर्व प्रधानमन्त्रीहरूको हैसियतमा पाएको निम्तो पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भाग लिने सुनिश्चत भएको राजनीतिक गतिविधिको चाल पाएका देउवाले यस्तो बोलेको विश्लेषकहरू बताउँछन् ।

    एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टीकाटिप्पणी गर्नुलाई सामान्य रूपमा लिनुपर्ने भन्दै  देउवाले भरतपुरमा सत्तागठबन्धनमा कुनै समस्या नभएको बताए। 
    राष्ट्रिय सभा अध्यक्षसम्बन्धी विवादबारे सभापति देउवाले  कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुंगो लाग्ने बताए ।

    भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी भरत पुगिसकेका छन् ।  कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली पनि जाने कार्यक्रम छ। सोही कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहीबार नै भरत आइपुगेका थिए।  नारायणी नदीकिनारमा दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस