Logo

May 16 2024 | २०८१, जेठ ३गते

images
संसदमा हंगामा भएको भारतीय विज्ञको विचार

तबेलामा देउवालाई राखेर प्रचण्डलाई  कुदाउने दिल्लीका लागि प्रचण्ड सही घोडा हुन्


२०८०, फागुन १८ शुक्रबार

  • 1.0k
    Shares

  • तबेलामा देउवालाई राखेर प्रचण्डलाई  कुदाउने दिल्लीका लागि प्रचण्ड सही घोडा  हुन्

     प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो तेस्रोे १३ महिने कार्यकाल माओवादी पार्टीले ३२ सिट मात्र जितेको आधारमा सफलता पूर्वक पूरा गरेका छन् । एक अनुभवी र तटस्थ नेपाली पत्रकारले प्रचण्डको कार्यकाललाई दरो, चमकदार र जनमुखी भनी टिप्पणी गरेका छन् । गठबन्धन राजनीतिलाई बलियो पार्ने सत्तासाझेदारीको सूत्रको बारेमा संसदमा नेपाली कांग्रेसका एक वरिष्ठ सांसदको बुझाइ भने  फरक थियो । जसअन्तर्गत तीनवटा विकल्पहरूमा दुई–एक–दुई; साढे दुई र साढे दुई; र प्रचण्डले पूरा पाँच वर्ष काम गर्ने थिए । पहिलो विकल्पको पक्षमा उनी सहमति जनाइरहेको भएपनि त्यसको आलोचना पनि गरे । कांग्रेसका बरिष्ठ संसदको फरक विचारसँग फरक बुझाइ रहेको कुरोसँग ती अनुभवी पत्रकार पनि सहमति देखिन्छन् ।

    images

    सूत्र अनुसार प्रधानमन्त्रीको कार्यकाल यसरी दर्शाइन्छ । पहिलो सेटमा प्रचण्ड र देउवाले दुई–दुई वर्ष र माधव नेपालले एक वर्ष पाउनेछन् । दोस्रोमा माधव नेपाल बिना प्रचण्ड र देउवाको कार्यकाल हुन्छ । कांग्रेसका ती बरिष्ठ संसदका अनुसार  प्रमुख गठबन्धनका विषयमा ठुला तीन नेताहरू  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा (८९ सिट) र प्रचण्ड र १० सिट पाएपनि राष्ट्रिय पार्टी नबेको नेकपा एकीकृत समाजवादीका नेता पूर्वप्रधानमन्त्री  माधव नेपालले १४ सिट पाएर राष्ट्रिय पार्टी बनेको जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई एक वर्षे कार्यकाललाई ६ महिने अवधिको साझेदारी नगरी बेवास्ता गरिरहेका छन् ।  ती कांग्रेसका बरिष्ठ सांसद र ती अनुभवी पत्रकारले गठबन्धन भत्किन नदिन सत्तागठबन्धनलाई एक वर्षे कार्यकाल यी दुवै नेतामाझ बाँडफाँड गर्नुपर्ने  सुझाउ दिए । नेकपा एमालेको ८० सिटका साथ प्रचण्डसँग सत्ता साझेदारी नगरिरहेका चतुर पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपाललाई एक दिन पनि प्रधानमन्त्री बनुन भनी चाहिरहेका छैनन् । संयोगवश सुरुमा प्रचण्ड र देउवाले खुसीसाथ सत्ता बाँडफाँट गरे । 

    अचम्मका रूपमा, प्रचण्डले कांग्रेसमाथि गरेको प्रहार गर्दै कांग्रेससँगको  गठबन्धनले आफ्नो पार्टीलाई फाइदा नदिएको संकेत गरी नेकपा (एमाले) मा फर्किनुको विकल्प खुला रहेको जसलाई चिनियाँ नेताहरूले स्वागत गर्ने र अर्कोतर्फ आकस्मिक रुपमा भारत डराउने जनाउ दिनु  हुनेछ । यो चेतावनीले प्रचण्डको प्रधानमन्त्रीलाई पाँच वर्षसम्म जीवित राख्छ। तर सबै कुरा पूरा नभएसम्म केही हुँदैन। प्रचण्डको स्कोरकार्डले सही काम गरको बाकसमा सही चिनो लगाइएको देखाउँछः भ्रष्टाचार, जनताको सबैभन्दा ठूलो चिन्ता छ जसअन्तर्गत ठुला माछाहरू कि त जेलमा कि त बेल( जमानत) मा छन् । जनताका चिन्ता चासो यसरी जोडदार रूपमा सम्बोधन गरिएको छ । चीनले नेपाललाई बिआरआई ऋणको जालमा फसाउन खोजेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कतै पनि  श्रीलंकाका लागि बनेको पाल्न नसकिने माटाले विमानस्थल वा हम्बनटोटा बन्दरगाहजस्तो अर्को सेतो हात्ती बन्ने त होइन भनी छानबिन भइरहेको छ ।

    काठमाडौंमा  शाही अन्दाजमा नेपालमाथि चीनको हैकमलाई दर्शाउने गरी आक्रामक कूटनीति गर्नेे पूर्व राजदूत होउ यान्सीको कार्यकाल एक ऐतिहासिक अवधिमा परिणत भएको छ । एकजना पूर्व नेपाली कूटनीतिज्ञले मलाई जनाए अनुसार  एक चीन नीति स्वीकार गर्नमा नेपाल ठगिन पुगेको थियो । काठमाडौ र पोखरामा तिब्बतीहरु ऋाउन लाग्दा चीनले वैश्विक महामारीपछि उत्तरीमा सीमा नाका बन्द गरेको छ । नेपाल–चीन सीमाका नौ स्थानमा चिनियाँहरूले नेपाली भूमि ताछ्ने काम गरेका छन् ।

    एक पूर्व मधेसी सांसदले सीमास्तम्भ हटाइएका, खानेपानीको मुहान बगाएर दोहोरो प्रयोग हुने गाउँ बनाइएको जानकारी दिए । धार्चुल, मुस्ताङ, गोरखा, सिन्धुपालचोक, रसुवा र सोलुखुम्बुमा अतिक्रमण भएको छ । सरकारले खासगरी सत्तारुढ कम्युनिष्टहरु यसबारे मौन रहेको उनले बताए । राजदूत चेन सोङ र सन हैयान जस्ता चिनियाँ कम्युनिस्ट पार्टीका (सीपीसी) नेताहरूले भारतलाई “मित्र छिमेकी नभएको र नेपालका लागि त्यति लाभदायक नभएको“ भन्दै निर्लज्जताका साथ आलोचना गरिरहेका छन्। नेपालले चीनलाई कूटनीतिक मान्यता उल्लंघन गरेको भनी नरम  पूर्वक प्रहार गरेको छ ।

    राष्ट्रपति सीले सन् २०१९ मा पहिलो पटक नेपाल भ्रमण गरेका बेला भएका २० वटा सम्झौता मध्ये कुनै पनि कार्यान्वयन भएन । २०१६मा मा, नाकाबन्दी पछि चीनसँग व्यापार र पारवहन सन्धिको परिणामस्वरूप चीनले तेस्रो देशको व्यापार र वाणिज्यका लागि सात समुद्री र भूमि बन्दरगाहहरूमा पहुँच प्रदान ग¥यो र पेट्रोलियमको वैकल्पिक स्रोतको प्रतिज्ञा गरेको थियो। एक लिटर पनि उपलब्ध गराइएको छैन । भारतले मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइन बनाएर नेपाललाई आवश्यक इन्धन उपलब्ध गराएको थियो । सन् १९७३ मा पहिलोपटक किरुङदेखि काठमाडौंसम्मको रेलमार्ग निर्माण गर्ने भनिएकोमा सन् २०१८–२० मा मात्र सम्भाव्यता अध्ययन गरियो  । चिनियाँ कनेक्टिभिटी परियोजनाहरू पूर्ण रूपमा शान्त छ । भारतले दुई वर्षअघि काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता प्रतिवेदन बुझाएको थियो, जसको  बजेटका लागि गर्नुपर्ने काम बाँकी छ ।

    नेपालले भारतलाई ४५२ दशमलव ६ मेगावाट र १०८ मेगावाट थप गरी दश वर्षमा १० हजार मेगावाटको अर्डरमा विद्युत् बिक्री गर्न सक्नेछ । यसले व्यापार सन्तुलनलाई सुधार गर्नेछ। चीनले २०२२मा १.७ अर्ब अमेरिकी डलर मूल्यको सामानहरू निर्यात गर्यो जबकि नेपालबाट ५१ लख १० हजार अमेरिकी डलर बराबरको आयात  खुला गरिएका व्यापार नाकाहरूबाट गरिए  । जसमा केही हालसालै मात्र खोलिएका छन् । फेब्रुअरीको पहिलो सातामा बिआरआई र चीनले निर्माण गरेको पोखरा विमानस्थललाई लिएर प्रदर्शन भएका थिए ।  म २७ नोभेम्बर २०२३ मा पोखरा विमानस्थलको भीआईपी लाउन्जमा हुँदा पानी चुहिएर गलैंचा माटो माटो भएको थियो । यो एरोब्रिज भएको नेपालको एक मात्र विमानस्थल हो।

    तर, कुनै  अन्तर्राष्ट्रिय उडान सेवा नहुँदा यस्तो विमानस्थलको भएर के फाइदा ? प्रचण्डले अमेरिका एवं  चीन र भारत एवं चीनलाई सन्तुलनमा राखेर परराष्ट्र सम्बन्धलाई कुशलतापूर्वक व्यवस्थापन गरेका छन् ।

    काठमाडौंले एक विज्ञप्ति जारी गर्दै गाजामा इजरायलको मानवीय उल्लंघनको आलोचना गर्नुका साथै युक्रेनविरुद्धको रुसको युद्धलाई रोक्नै पर्ने आक्रामकता भनेको छ। उनले रुसलाई नेपाली नागरिकलाई आफ्नो सेनामा भर्ना नगर्न आग्रह गरे । नेपाल भारतबीचको सम्बन्धहरूमा खलनायकको भूमिकामा  भारतको सेनाको त्रुटिपूर्ण अग्निवीर योजना हो ।  जसले भारत–नेपाल रणनीतिक सम्बन्धमा घातहरू गरेको छ । तर पनि अहिले देउवालाई प्रतिक्षालयमा राखेर प्रचण्डलाई अगाडि बढाउनु दिल्लीका लागि सही रोजाइ हो वा (तबेलामा राखेर देउवालाई कुदाउने दिल्लीका लागि प्रचण्ड सही घोडा हुन् ।)

    (लेखक, अशोक मेहता सेवानिवृत्त मेजर जनरल, कमाण्डर, आईपीकेएफ दक्षिण, श्रीलंका, र डिफेन्स प्लानिङ स्टाफका संस्थापक सदस्य, हाल एकीकृत रक्षा कर्मचारी थिए।  एनको यो विचार द पायोनियरमा फेब्रुअरी २१, २०२४मा प्रकाशित व्यक्तिगत विचार हो । नेपालमा भारत सही बाटोमा  (इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल शीर्षकको )उनको यो लेखबारे सदनमा हंगामा भएको देखेर अनौपचारिक अनुवाद गरी सार्वजनिक गरेका छौं  नेपाली मिडियामा यसका विषयहरू पहिलै छापिसकिएका ।सं.) 

    प्रतिक्रिया दिनुहोस