Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन १८ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८०, फागुन १८ शुक्रबार

  • 969
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् फागुन १८ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १८ शुक्रबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेका छन् : अर्थमन्त्री महत

    गलकोट ।  नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ । उहाँले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताउनुभयो । 

    नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको  कार्यक्रता भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधि, पर्यटन र जलविद्युत्मा अथाहा सम्भावना रहेको बताउँदै रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान गइरहेको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकारले अर्थतन्त्रलाई विस्तारै लयमा फर्काएको सूचकले देखाउन थालेको बताउनुभयो ।

    शिवम सिमेन्ट्सले १४.२५ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं ।  शिवम सिमेन्ट्स लिमिटेडले यस वर्षको १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बोनस शेयर वापतको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् फागुन १४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको हो ।
    यस वर्ष कम्पनीले बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश समेत दिएको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

    नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आजदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । पुनर्बिमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता सेयर लिलामी बिक्री खुला भएको  छ । यसमा लगानीकर्ताले न्यूनतम २८० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

    कुमारी बैंकको ६ लाख ४१ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । कुमारी बैंकले आफ्ना ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख ४१ हजार २८४ कित्ता संस्थापक सेयर बिक्री खुला भएको  छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज  बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    आज एसियन लाइफ इन्सुरेन्सको साधारण सभा

    काठमाडौं ।  एसियन लाइफ इन्सुरेन्सको साधारण सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव  गर्नेछ ।  सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा  छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

    आजदेखि  रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला

    काठमाडौं । रिडी पावर कम्पनीले आज  शुक्रबारदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ ।  कम्पनीले १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । उक्त हकप्रद सेयरका लागि यसले माघ २२ गते बुक क्लोज गरिसकेको छ ।

    फेब्रुअरीमा नेपाल आउने पर्यटक ९७ हजार बढी, भारतीय पर्यटकहरूको हिस्सा २६ प्रतिशत बढी 

    काठमाडौं । सन् २०२४को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार बढी पर्यटकहरू नेपाल आएका छन् । यो कुल पर्यटकहरूको संख्यामा ३३ प्रतिशतले वृद्धि गरेको छ भने भारतीय पर्यटकहरू आउने हिस्सा २६ प्रतिशत बढी रहेको हो ।

    हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिनामा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिए ।नेपाल पर्यटन बोर्डले जनाए  अनुसार २०२३को फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    भारतबाट २५ हजार ५ सय ७८ जना पर्यटक आएका छन् । यो गत महिनाको २६.३ प्रतिशत  हिस्सा हो । चीनबाट ९ हजार १ सय ८० आएका छन् ।यसैगरी  प्रमुख पर्यटन बजार अमेरिकाबाट गत महिना ९ हजार ८९ र बेलायतबाट ४ हजार ५ सय ७१ पर्यटक भित्रिए  ।

    बढ्दो भन्सार छली र राजस्व चुहावट अपेक्षित राजस्व संकलन नहुनुको कारण भएको पदाधिकारीहरूको बुझाइ 

    काठमाडौं । अपेक्षा गरिए अनुसारको राजस्व संकलन नहुनुमा राजस्व चुहावट , छली तथा  चोरी पैठारीमा नियन्त्रण हुन सक्नु कारण रहेको औँल्याइएको छ ।खुला सीमा नाका , अन्तरनिकायहरूबीच समन्वय र सहजीकरणको कमीले चोरी पठैरी र राजस्व चुहावट बेलगाम हुन पुगेको हो ।अर्थ मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले यस्तै धारणा सार्वजनिक गरेका हुन् ।

    राजस्व सचिव रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षमा अपेक्षित राजस्व नउठ्नुमा अवैध आयात नियन्त्रण हुन नसक्नु पनि एक भएको जानकारी सार्वजनिक गरेका छन् ।

    बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता ल्याउन मालपोतले गरेको निर्णय फाइल झिकाउने सर्वोच्चको आदेश 

    काठमाडौं । सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासले शुक्रबार सो निर्णय फाइल झिकाउन आदेश दिएको हो ।

    सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरे अनुसार पेसीको दिन सक्कल फाइल देखाउने गरी झिकाउन आदेश भएको छ ।मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि हाल चाँदवाग रेसिडेन्सी प्रालि बाँसबारीको नाममा पत्र चलान गरेको थियो ।

    बैंकिङ क्षेत्र त्रसित र भयभित छ : सिबिफिन

    काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बन्न पुगेको बताएको छ ।

     

    सिबिफिनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै धितो र कर्जा प्रवाहका विषयमा प्रचलित नियम तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासबारे गहिरो अध्ययन एवं जानकारीबिनै बैंकरमाथि धरपकड भएको आरोपसमेत लगाएको छ ।

     

    “धितो र कर्जा प्रवाहका विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन्”, परिसङ्घले विज्ञप्तिमार्फत भनेको छ, “समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पु¥याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन आग्रह गर्दछौँ ।”

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार  भएको छ । शुक्रबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार  भएको छ ।

    अर्थतन्त्र निराशाजनक छैन : अर्थमन्त्री

    ढोरपाटन । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताउनुभएको छ । पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा आज आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदानसम्बन्धी सम्मेलनमा देशको अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखिन थालेका बताउनुभयो ।

     

    अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका छन्, बाहिर प्रचार गरेजस्तो नकरात्मक नभएको अर्थमन्त्रीले स्पष्ट गर्नुभयो । देशको अर्थतन्त्र सङ्कटमा रहेका बेला आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेको र त्यसपछि क्रमशः अर्थतन्त्रमा सुधार आएको उहाँले बताउनुभयो ।

    बैङ्कका कर्मचारी पक्राउबारे निजी क्षेत्रको ध्यानाकर्षण

    काठमाडौँ ।  कर्जा दुरुपयोगको विषयलाई लिएर बैङ्कका कर्मचारी पक्राउ परेकोप्रति निजी क्षेत्रका संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

     

    धितो मूल्याङ्कनलाई आधार बनाएर दिइएको कर्जाका सम्बन्धमा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ पर्नु दुःखद होे भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल च्याम्बर अफ कमर्सले आ–आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।

    पैँतीस तोला सुन र ११ लाखसहित एक पक्राउ

    पर्वत । विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई यहाँबाट प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो । 

     

    स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट रु १० लाख १७ हजार नगद, रु १२ हजार बराबरको रिचार्ज कार्ड, चोरी गर्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको टोलीले पक्राउ गरेको हो ।

    भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली

    भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो भन्नुभएको छ । 

     

    भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताउनुभयो ।

    कामपाका औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ ।  

     

    कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का धेरै र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त कमजोरी पत्ता लगाइएको विभागको भनाइ छ । 

    सूर्योदय वोमी लघुवित्तको ६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ६ हजार २०६ किक्ता शेयर वित्रीमा ल्याएको छ । कम्पनीले ईन्द्र बहादुर गोदारको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

    यो शेयर खरीद गर्न इचतुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाठौंमा पेश गर्नुपर्नेछ ।

    फागुन २१ गतेको बैठकमा जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

    काठमाडौँ ।  सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाउनुभएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिनुभएको हो । बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

     

     

     

     
     
     
     
     
     
     
     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस