Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रधानमन्त्री प्रचण्डद्वारा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता


नया सडक

२०८०, फागुन २० आइतबार

  • 942
    Shares

  • प्रधानमन्त्री प्रचण्डद्वारा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले दुवै शीर्षतम् नेतासँग भेटघाट गरेको उनको सचिवालयले जानकारी सार्वजनिक गरेको हो ।

    सचिवालयले जनाए अनुसार सो भेटघाटमा  सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)बारे छलफल भयो ।आइतबार बिहान टीआरसी विधेयकका बारेमा प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता  गरेको र दुवै नेता त्यसका लागि सकारात्मक रहेको सचिवालयले जनाएको छ ।

    सो  विधेयक संसद्को कानुन समितिमा रहेको र त्यसलाई  समितिबाट सहमतिमै विधेयक अघि बढाउने पक्षमा प्रधानमन्त्री रहेका छन् । आजै समितिमा यो विधेयकमाथि छलफल भइरहेकोले त्यसअघि नै प्रधानमन्त्री प्रचण्डले दुई दलका नेतासँग कुराकानी गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस