Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

साताको पहिलो दिने आइतबार नेप्सेमा दोहोरो अंकको गिरावटलाई निरन्तरता , ११. ७८ अंकले ओर्लेर १९६०. ३० बिन्दुमा


नया सडक

२०८०, फागुन २० आइतबार

  • 873
    Shares

  • साताको पहिलो दिने आइतबार नेप्सेमा दोहोरो अंकको गिरावटलाई निरन्तरता , ११. ७८ अंकले ओर्लेर १९६०. ३० बिन्दुमा

    काठमाडौं । आज साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकको गिरावटलाई निरन्तरता दिएको छ । आइतबार ११. ७८ अंकले ओर्लेर १९६०. ३० बिन्दुमा अडेको छ । यो केही बेर १९६० भन्दा पनि तल झरेर गएको थियो । 

    आज २ अर्ब  ८ करोड २७ लाख ८६ हजार ८९ रुपैया ८ पैसा बराबरको कारोबार भयो । विभिन्न कम्पनीहरूका गरी ५५ लाख ७४ हजार २ सय ७ कित्ता सेयरको कारोबार भएको छ । कुल कारोबार संख्या ४५ हजार ४ सय ४२ भएको नेप्से दर्शाएको छ । यसअघि गत साताको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंक २८.६८ अंकले घटेर  १९७२. ०९मा झरेको थियो  ।

    अढाई अर्ब रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री कारोबारका लागि विभिन्न कम्पनीहरूका गरी ७४ लाख  ४६ हजार ९सय ९१ कित्ता सेयरको किनबेच भएको थियो । सेयर बजारको निरन्तर गिरावटका कारण निराशाको लहर फैलिन गएको पर्येक्षकहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस