Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुदमा एथ्लेटिक्सबाट भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिने

नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुदमा एथ्लेटिक्सबाट भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिने

  • झापा। नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुदमा एथ्लेटिक्सबाट भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिने भएको छ । ‘वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लब’ले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर ५२ वर्षीया राउतलाई उत्कृष्ट नारी सम्मान गर्ने निर्णय गरेको हो । मेचीनगर नगरपालिका–७ निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सोलमा आयोजना भएको विश्व ओलम्पिकमा नेपालको राष्ट्रिय ध्वजावाहक खेलाडी भएर भाग लिनुभएको थियो ।

    नेपालको इतिहासमै एथ्लेटिक्स महिला धावकका रुपमा यहाँबाट ओलम्पिक खेलकुदमा सहभागिता जनाउने राउत र काभ्रेपञ्चोक निवासी राजकुमारी पाण्डेको नाम सुनौलो अक्षरले लेखिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौलाले बताउनुभयो । आज आयोजित पत्रकार सम्मेलन अध्यक्ष सिटौलाले नेपाली महिला विश्वस्तरीय प्रतियोगितामा आफूलाई सक्षम सावित गर्न सक्छन् भन्ने उदाहरण मेनुकाले प्रस्तुत गरिसकेकाले उहाँलाई उत्कृष्ट नारी सम्मान गर्न लागिएको गरी जानकारी दिनुभयो ।

    पूर्व अध्यक्ष क्लबले उत्कृष्ट नारी छनोटका लागि नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा सदस्यद्वय पत्रकार अम्बिका भण्डारी र वीरता जेसीजका पूर्वअध्यक्ष युवराज दाहाललाई चयन गरेको थियो । छनोट समितिकी सदस्य भण्डारीले पत्रकार सम्मेलनमा उत्कृष्ट नारी सम्मानका लागि मेनुका राउतलाई छनोट गरिएको आज घोषणा गर्नुभएको थियो । क्लबले यसअघि उत्कृष्ट नारी सम्मानबाट समाजसेवी गिरिराजकुमार प्रसाईं, शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायकी पहिलो महिला पाइलट जिना लिङ्देनलाई सम्मान गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij