Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

चेम्बर एक्सपो २०२४ फागुन २४देखि २८ गतेसम्म  भृकुटी मण्डपमा आयोजना हुँदै


नया सडक

२०८०, फागुन २० आइतबार

  • 999
    Shares

  • चेम्बर एक्सपो २०२४ फागुन २४देखि २८ गतेसम्म  भृकुटी मण्डपमा आयोजना हुँदै

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि  सुरु हुने भएको छ ।२८ गते सम्म संचालन हुँुदैछ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको चेम्बर एक्स्पो  फागुन २८ गतेसम्म चल्ने चेम्बरले जनाएको  हो ।

    एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  घर–जग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहने छन् ।  

    कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित बस्तुहरुको बजार प्रर्वद्धन एवं साना व्यवसायीहरुको आर्थिक गतिविधि  विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिऐ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र संगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो । प्रर्दशनीमा  राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहने आयोजक चेम्बरले उल्लेख गरेको छ ।  एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक  क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ ।  

    क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले  अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने अध्यक्ष मल्लले बताए ।   प्रर्दशनीमा इण्डियन चेम्बर अफ कमर्शको अगुवाईमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत संचालन हुनेछ । प्रर्दशनीमा नेपालमा रहेका बंगलादेश, रुस र मलेसियाको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ ।  यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरुले प्रदर्शनीमा सहभागिता जनाउनेछन ।

    प्रतिक्रिया दिनुहोस