Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

सार्कलाई गतिमान बनाउन बिमिस्टेकको प्रोत्साहन सही उपाय होला र ?


नया सडक

२०८०, फागुन २० आइतबार

  • 636
    Shares

  • सार्कलाई गतिमान बनाउन बिमिस्टेकको प्रोत्साहन सही उपाय होला र ?

    काठमाडौं । भारतले  पाकिस्तानलाई एक्ल्याउने नीति लिएकाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको (सार्क) औचित्यमाथि प्रश्न उठिरहेको छ ।
    नियमितरूपमा हुनुपर्ने सार्क शिखर सम्मेलन नभएको एक दशक भइसकेको छ । पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलन भारत र पाकिस्तानबीचको दुईपक्षीय शत्रुतापूर्ण सम्बन्धका कारण हुन सकेको छैन् ।भारत पाकिस्तानबीचको सम्बन्धमा तत्काल कुनै सुधार हुने स्थिति देखिँदैन् । हालै मात्र भारतका विदेशमन्त्री एस.जयशंकरले पनि सार्क बारे दिएको टिप्पणीलाई यसलाई पुष्टि गर्छ । भारतमा शुक्रबार आयोजित एक कार्यक्रममा जयशंकरले पाकिस्तानको नाम नलिइकन भने सार्क संगठन संकटमा हुनुको कारण यसका एक सदस्य राष्ट्र लगातार आतंकवादलाई समर्थन गरिरहेको बताए ।

    images

    सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् । सन् २०१४ को नोभेम्बर २७ र २८ मा नेपालमा सम्पन्न  सार्क सम्मेलनपछि हुने भनिएको इश्लामाबाद शिखर सम्मेलन हुन नसकेको हो ।जम्मु–कश्मिरको उरीमा आफ्ना सैनिकमाथि पाकिस्तानले १९ जनाको ज्यान जानेगरी आक्रमण गरेको भारतको आरोप छ । सो आरोप लगाएर  सार्क शिखर सम्मेलनमा बाधा उत्पन्न भयो ।अध्यक्ष राष्ट्रको नाताले नेपालले शिखर सम्मेलन आयोजनाका लागि पटकपटक प्रयास गरेको छ । सार्कको अध्यक्ष राष्ट्र भएका नाताले प्रधानमन्त्री प्रचण्डले विभिन्न फोरम तथा भेटघाटमा सार्कका बारे चिन्ता व्यक्त गर्दै  आएका छन् ।

    कतिपय विज्ञहरूले पाकिस्तानलाई एक्ल्याउन भारतले सार्ककका उपसमूह बनाउने योजना बनाइरहेको छ । भारतले अर्को क्षेत्रीय संगठन बिमस्टेकलाई र बंगलादेश भुटान भारत र नेपालसहितको बिबिनलाई प्रोत्साहन गर्न खोजेको छ ।सार्कको सफलता भारत र पाकिस्तानबीचको सम्बन्धमा सुधार नभएसम्म असम्भव छ । यसका लागि खाडी मुलुकहरूले पछाडिबाट प्रयास गरिरहेका छन् । तर सम्भव हुन सकिरहेको छैन् । पाकिस्तानको आन्तरिक राजनीति पनि बडो उथलपुथलको अवस्थामा रहेकाले भारतसँगको सम्बन्ध सुधारमा समस्या भइरहेको छ ।  यसमा पछिल्लो समय रुस युक्रेन युद्ध र इजरयाल हमास युद्धले थप कूटनीतिक बाधा अडकाएको छ ।कम्तीमा तत्काल भारत पाकिस्तानबीचको सम्बन्ध सार्क सम्मेलन हुने खालको अवस्थामा पुग्न गाह्रो हुने कूटनीतिक क्षेत्रका विज्ञहरूको बुझाइ रहेको छ ।

    यसका साथै सार्क गतिशील हुने आन्तरिक अर्को कारण भनेको अफगानिस्तान पनि छ । अफगानिस्तानको सम्बन्ध पनि भारतसँग राम्रो सम्बन्ध बनाएका शक्तिशाली देशहरूको सम्बन्ध राम्रो रहेको छैन् । अफगानिस्तानले पाउने सार्कको महासचिवको पाले श्रीलंकापछि बंगलादेशले पाउनुले पनि समस्या रहेको बुझ्न सकिने कूटनीतिज्ञहरूको भनाइ छ ।तर नेपालले अध्यक्ष भएको नाताले सार्कलाई गतिशील बनाउन तर्फ ध्यान दिनु उचित हुने विज्ञहरूको भनाइ छ । साना देशहरूको हितको सवाललाई हेर्दा उपसमूह बनाएर जानु आफैमा गलत नभएपनि बृह्तरहितलाई ध्यान दिएर हेर्दा सार्कको प्राथमिकतालाई भने छाड्न नहुने  उनीहरूको भनाइ छ । कतिपयले बिमस्टिकलाई प्रोत्साहन गर्नु सार्कलाई गतिशील बनाउन मदत पुग्ने उपाय हुन सक्ने तर्क पनि गर्छन् ।

    प्रतिक्रिया दिनुहोस