Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा यी तीन मन्त्रीले शपथ लिने


नया सडक

२०८०, फागुन २१ सोमबार

  • 1.6k
    Shares

  • नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा यी तीन मन्त्रीले शपथ लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ । आज सपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम गिरी रहनुभएको बताइएको छ । उहाँहरुको मन्त्रालय भने तोकिएको छैन ।

    प्रतिक्रिया दिनुहोस