Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

२१ लाख नगदसहित पाँच जना हुण्डी कारोबारमा संलग्न  रहेको आरोपमा पक्राउ 

२१ लाख नगदसहित पाँच जना हुण्डी कारोबारमा संलग्न  रहेको आरोपमा पक्राउ 

  • काठमाडौं । २१ लख नगदसहित पाँच जना हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा सोहीठाउ–४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाई नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारी रहेका छन् ।

    बारा प्रहरीले जानकारी सार्वजनिक गरे अनुसार  पक्राउ पर्नेहरूमा अन्य  भारतको बिहार राज्य मोतिहारी जिल्ला आदापुर थाना हरपुर पञ्चायत नायकाटोला बस्ने शम्भु साहका २९ वर्षीय छोरा रञ्जित सरार्फ, सोही ठाउँ श्यामपुर टोल बस्ने ४२ वर्षीय कृष्णालाल प्रसाद र अरेराज बस्ने ४० वर्षीय रविशंकर सिंह रहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताएका हुन् ।  फागुन १८ गते रञ्जितलाई अदालत नजिकैबाट नगद पाँच लाखसहित पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । यसैगरी अन्य चार जनालाई भने आइतबार बेलुकी ४ बजे विश्रामपुर गाउँपालिका–१ छतवाबाट पक्राउ गरिएको उनले जानकारी दिए।

    भारतबाट बिआर ०५ एआर ३५०९ नम्बरको मोटरसाइकलबाट उनीहरू  नेपाल आएपछि चेकजाँच गर्दा १६ लाख ९ हजार बरामद भएको छ । यसरी पक्राउ परेका उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी आवश्यक प्रक्रिया सुरु गरिएको छ ।साथै उनीहरू माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको छ । नक्कली नोट कारोबारमा कानुनी व्यवस्था अनुसार १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij