Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

एनआरएनए शुद्धिकरणको लागि हाम्रो लडाई जारी छ,सरकार परिवर्तनले कुनै असर पर्दैन : अध्यक्ष आरके शर्मा


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 969
    Shares

  • एनआरएनए शुद्धिकरणको लागि हाम्रो लडाई जारी छ,सरकार परिवर्तनले कुनै असर पर्दैन : अध्यक्ष आरके शर्मा

     

    काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले गैर आवासीय नेपाली संघ शुद्धिकरणको लागि आफ्नो लडाई जारी रहने बताएका छन्।

    एक प्रश्नको जवाफमा अध्यक्ष शर्माले सोमबार नेपालमा भएको सत्ता समीकरण परिवर्तनले संघभित्र शुद्धिकरणको लागि जारी लडाईलाई कुनै असर नपर्ने बताए।  

    कांग्रेस, माओवादीको गठबन्धन भत्किएर एमाले, माओवादीको नयाँ गठबन्धन बनेपछि एनआरएनएमा जारी विवादमा के कस्तो असर पर्ला भन्ने आकलन भै रहेको छ।  तर अध्यक्ष शर्माले आफू राजनीति भन्दा पनि सामाजिक कामका लागि एनआरएनएमा लागेकोले  यसको पवित्र उद्देश्यमा कहिल्यै घात नगर्ने बताए ।


     शर्माले आफ्नो लडाईं  विधि र पद्धतिको लागि भएको भन्दै  आफूले अहिलेको टिमलाई कहिल्यै पनि  धोका नदिने  बताए । ‘११ औं अधिवेशनका बेला सिस्टमको  पालना भएको भए वा संस्था कब्जा नगरेर स्वच्छ र निष्पक्ष चुनाव भएको भए अहिलेको अवस्था आउने नै थिएन’ उनले  भने ।

    ११ औं महाधिवेशनमा सिस्टम नै कब्जा गरेर योजनाबद्ध रुपमा धाँधली गरिएको भन्ने उजुरीहरु परे पछि  नेपाल  सरकारद्वारा गठित छानबिन समितिले  अहिले छानविन गरिरहेको छ । अब छानविन समितिको रिपोर्ट आउने बेला सत्ताको राजनीतिलाई जोडेर एनआरएनएको विषयलाई  नगिजोल्न उनले सबैलाई आग्रह गरे ।

    गलतलाई गलत प्रमाणित गर्नका लागि आफ्नो निरन्तर खबरदारी जारी राख्ने बताउँदै शर्माले बुधबारसम्म एक भर्चुअल बैठक बसेर सबै कुरा साथीहरुलाई  प्रष्ट पार्ने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस