Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

छ महिनाभित्र सुक्खा बन्दरगाहको काम अगाडि बढ्ने : रमेश लेखक


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 702
    Shares

  • छ महिनाभित्र सुक्खा बन्दरगाहको काम अगाडि बढ्ने : रमेश लेखक

     

    महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको काम अघि बढ्ने बताउनुभएको छ ।

     

    कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्यागिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रमुख सचेतक लेखकले भारतको सहयोगमा निर्माण गरिने सुक्खा बन्दरगाह बनाउने विषयमा भारतसित सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनिसकेको बताउनुभयो ।

     

    “छ महिनाभित्र सुक्खा बन्दरगाह निर्माणको काम अघि बढ्नेमा विश्वस्त छु,” उहाँले भन्नुभयो, “आज नयाँ गठबन्धन बनाएका प्रधानमन्त्रीजीले नै गत वर्ष यही महोत्सवमा आएर पनि भनेर जानुभएको हो ।” उहाँले आज राजनीतिक परिर्वतन भएको बताउँदै नयाँ बनिरहेको गठबन्धनका बारेमा कुनै टिप्पणी गर्नुभएन । “प्रचण्डजीले अप्रत्याशित र अविश्वनीय ढङ्गले पुरानो गठबन्धन भत्काएर नयाँ बनाउन अघि बढ्नुभएको छ,” उहाँले भन्नुभयो, “अब विकासमा राजनीति गर्नुहुँदैन, सबै मिलेर विकास गरौँ, हामी सहयोग गर्छौं ।”

     

    कञ्चनपुर सम्भावना बोकेको जिल्ला भएको बताउँदै उहाँले ठूला अर्थतन्त्र भएको मुलुक चीन र भारतसित यहाँबाट ढोका खोल्नुपर्ने बताउनुभयो । “यो रणनीतिक महत्वको भूगोल पनि हो,” नेता लेखकले भन्नुभयो, “यो क्षेत्रलाई आर्थिक, पर्यटकीय र धार्मिक नाकाका रुपमा विकास गर्न सबै लाग्नुपर्छ ।” यहाँको पूर्वाधार विकास, ठूला योजनाको निर्माणमा वाणिज्य सङ्घले रचनात्मक दबाब र उत्प्रेरणा दिँदै आएको बताउनुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस