Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

  •  

    काठमाडौँ । अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए । 

     

    नेपाल नेदरल्यान्ड्ससँग घरेलु मैदानमा दोस्रो पटक त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनल खेल्न लागेको हो । यसअघि सन् २०२१ मा भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ४२ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।

     

    नेपाल लिग चरणमा चार अङ्कका दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने पाँच अङ्क जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको भएपछि दुबै टोलीले एक एक अङ्क बाँडेका थिए । 

     

    लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेलमा पराजित हुँदा पछिल्ला दुई खेलमा भने जित हात पारेको थियो । 

     

    नेपालको प्लेइङ-११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी, दीपेन्द्र सिह ऐरी, प्रतिश जिसी, आरिफ शेख र अभिनाश बोहारा छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij