Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सत्ता गठबन्धनलाई बामदेवको समर्थन


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 942
    Shares

  • सत्ता गठबन्धनलाई बामदेवको समर्थन

     

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाउनुभएको छ । उहाँले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ सत्ता गठबन्धनले सही राजनीतिक दिशा लिएको भन्दै समर्थन गर्नुभएको हो । 

     

    सोमबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ सत्ता समीकरण बनेको छ । नेता गौतमले २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)विभाजन गर्नु एउटा भूल थियो भन्ने कुरा नयाँ सत्ता समीकरणले पुष्टि गरेको पनि सो विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । 

     

    उहाँले यो सत्ता समीकरणबाट सत्तास्वाद लिन जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुने र अब वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा जनाउनुभएको छ । 

     

    एमालेका पूर्वउपाध्यक्ष नेता गौतम नेकपा विभाजनपछि कुनै पार्टीमा संलग्न नरही बाम एकताको अभियानमा लाग्नुभएको छ । उहाँ हाल राष्ट्रियसभाका सदस्य हुनुहुन्छ । रासस

    प्रतिक्रिया दिनुहोस