Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आर्थिक मामिलामन्त्री शाही पदमुक्त


नया सडक

२०८०, फागुन २४ बिहीबार

  • 633
    Shares

  • आर्थिक मामिलामन्त्री शाही पदमुक्त

    कैलाली ।सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई आज पदमुक्त गरिएको छ ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री शाहीलाई पदमुक्त गर्नुभएको हो । शाही नेपाल कम्युनिष्ट पार्टी  ९एकीकृत समाजवादी० का तर्फबाट प्रदेशको आर्थिक मामिला मन्त्री हुनुभएको थियो । केन्द्रमा भएको सत्ता समीकरणको परिवर्तनसँगै सुदूरपश्चिम प्रदेश सरकारमा यसअघि सहभागी माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पनि केही दिनअघि मात्रै पदमुक्त गरिएको थियो ।

    यससँगै अब प्रदेश सरकारमा नेपाली कांग्रेसका मुख्यमन्त्री र दुई मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका एक मन्त्री र एक राज्यमन्त्री रहेका छन् । सुदूरपश्चिम प्रदेशको ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ जना सांसद छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि शाह सरकार अल्पमतमा परेको छ । रासस

    प्रतिक्रिया दिनुहोस