Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन


नया सडक

२०८०, फागुन २५ शुक्रबार

  • 840
    Shares

  • अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन

    काठमाडौँ ।  महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता  रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

    बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको छ । भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिए पनि भीड भने घटेको छैन ।

    दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थी रातिदेखि नै लामबद्ध भएर बसेका थिए । उनीहरु भने बिहानै दर्शन गरेर फर्किसकेका प्रवक्ता अधिकारीले बताउनुभयो । कोषले आज  कम्तीमा २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।रासस

    प्रतिक्रिया दिनुहोस