Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images
अन्तर्वार्ता

एनआरएनए विवाद समाधान गरी सुशासनको प्रत्याभूति दिए सरकारको गरिमा विश्व माझ बढ्ने छ : राजेन्द्र कुमार (आरके) शर्मा


नया सडक

२०८०, फागुन २६ शनिबार

  • 741
    Shares

  • एनआरएनए विवाद समाधान गरी सुशासनको प्रत्याभूति दिए सरकारको गरिमा विश्व माझ बढ्ने छ : राजेन्द्र  कुमार (आरके) शर्मा

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का अध्यक्ष राजेन्द्र कुमार शर्मा(आरके) सन् २००५ मा देखिगैरआवासिय नेपाली संघमा आवद्ध छन । गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारबाट सुरु भएको उनको यात्रा,आई सि सि सदस्य,मध्यपुर्व सञ्योजक हुँदै आई सि सि सचिव , आई सि सि  उपाध्यक्ष र हाल (२०२३–०२५)को लागि अध्यक्ष छन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले गैर आवासीय नेपाली संघ शुद्धिकरणको लागि आफ्नो लडाई जारी रहेको बताउने गर्दछन । शर्मा कतारका लागि पर्यटन सद्भावना दूत समेत हुन । शर्मा सन् १९९९ मा पढ्ने र रोजगारी गर्ने सिलसिलामा नयाँ दिल्ली पुगेका शर्मा कामको शिलसिलामा सन २००३ मा कतारको राजधानी दोहा पुगेका थिए । अर्कै प्रयोजनका लागि दोहा पुगेका शर्माले एउटा निर्माण कम्पनीमा अकाउन्टेन्ट पदमा जागिर सुरु गरे । सन २००४ मा सोही कम्पनीमा लगानी गरेर उनि उद्यमी बने ।सन २००४ बाट सुरु भएको शर्माको उद्यमसिलताको यात्रा विस्तारै फैलदै हाल अमेरिका सम्म पुग्यो । शर्माको कम्पनिले सन् २०२२ मा सम्पन्न बिश्वकप फुटवल खेल भएको रंगशाला निर्माण गर्ने अवसर पायो । हाल उनले बिश्वभरका हजारौ कामदारलाई रोजगारी समेत दिईरहेका छन् । यिनै विभिन्न विषयवस्तुमा केन्द्रित रही शर्मासंग लिएको अन्तरवार्ताको सम्पादित अंश :

    images

    कतार कहिले पुग्नु भयो ?
    सन् २००२को अन्त्यतिर २००३ भनौँ । 
    तपाईँ जाँदा कतार कस्तो थियो अहिले कस्तो बनेको छ ?
    म सँधै भन्ने गर्छु । कतार मेरो लागि युनिभर्सिटी हो । धेरै पेशाकर्मी र राजनीतिज्ञहरूका लागि पनि युनिभर्सिटी हो । त्यहाँ म छिर्दै गर्दा भरखरै विकास सुरु हुँदै गरेको थियो । त्यहाँको सरकारले त्यतिखेर भिजन( दृष्टि) सेट ग¥यो र त्यसलाई समयमै कार्यान्वयन पनि ग¥यो ।मैले हेर्दा कतारको विकासमा योगदान दिने प्राकृतिक स्रोतहरू हुन् । पेट्रोलियम पदार्थ ग्यास , डिजेल र पेट्रोल । उहाँहरूले ती प्राकृतिक स्रोतहरूको अधिकतम् उपयोग गरेर आफ्नो राष्ट्रलाई सबै भन्दा विकसित  र नागरिकलाई सबै भन्दा धेरै शिक्षित बनाउने र भनौं अबको तीस वर्ष पछि कतारलाई कहाँ उभ्याउने त्यो योजना बनाउनु भयो । हामीहरूले त्यो देख्न सक्यौँ. ।  फुटबल विश्वकप फिफा वर्ल्ड कप २०२२ सफलतापूर्वक सम्पन्न गरियो ।इतिहासमा सबै भन्दा पहिलो पटक सम्भवतः भूमिगतरूपमा सानो देशको रूपमा कतारले यो विश्वकप सफलतापूर्वक सम्पन्न गरेको हो भन्ने मेरो बुझाइ छ। त्यसैले कतार आफैमा एउटा गतिशील  विकासमा अघि बढिरहेको विश्वमा विकास के हो ? सुशासन के हो ? भन्ने राम्ररी बुझेको  सम्मानित राष्ट्र कतार हो ।
    कतारलाई अवलोकन गरी हेर्दा हामी नेपालीको वर्तमानस्थितिबाट विकास नेपालमा हाम्रै पालामा सम्भव छ भनेर सफलता पाउन सक्छौँ जस्तो लाग्छ ? 
    नेपाल छिट्टै विकासमा जान्छ भन्ने कुरो मलाई लागिरहन्छ।हामीले जुन गतिमा आर्थिक क्रान्तिमा देश जानुपर्ने थियो त्यसमा नगएकोले चिन्ता छ । तर कहिलेकाहीँ हामी अलिकति बढी चिन्तित हुन्छौँ कि जस्तो पनि लाग्छ । हामी अर्थतन्त्रका पारामिटर वा मापकहरूको अवलोकन गर्छौं । त्यतिखेर असन्तोष गरिहाल्नुपर्ने छैन् । हालसालै हामीले केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको रिपोर्ट हे¥यौँ । वैदेशिक मुद्रा सञ्चितिजस्ता मापकहरूको स्थिति हेर्दा चिन्ता गरिहाल्नुपर्ने अवस्था छैन् ।अरु धेरै कुरामा सूचकहरू राम्रै देखिएपनि  मुख्य कुरा हाम्रो अर्थतन्त्र उपभोगमा आधारित भयो । कन्ज्युएबल भयो । कन्जुएबल त्यो पनि आयात इम्पोर्टमा आधारित भयो । त्यो भनेको बारी बाँझै तरकारी विदेशको हुने अवस्था हो । अर्को कुरा यो वर्ष १५ खर्ब रेमिट्यान्स भित्रिन्छ । ७० प्रतिशत कन्ज्युएबल आइटममा खर्च हुन्छ । त्यसमा पनि ५० प्रतिशत  आयात गरि ल्याइएको आइटममा मात्र खर्च हुने भयो । चार जनामा एक जना विदेशमा गएको परिवारका तीन जनाले कुटो कोदालो लिएर अन्न आफै उब्जाउन सक्नुपर्ने थियो ।विलासिता वस्तुमा नभएपनि कम उपयोगको वस्तुमा धेरै खर्च गरिने गरिएको छ ।रेमिट्यान्सबाट आएको रकमको उपयोग कृषि क्षेत्रको उत्पादन बढाउन खर्च गर्नुपर्ने थियो । बाँझो बारीमा फलफूल र तरकारी मध्यपूर्वका क्षेत्रमा निर्यात गर्न सकिने अवस्था पैदा गर्न सक्नुपथ्र्यो र पर्छ । यसबाट आयातलाई विस्थापन गर्न सकिने अवस्था निर्माण गर्न ढिला भइसकेको छ । सफा ऊर्जा बढाउनुपर्छ । भारतसँग भएको १० हजार मेगावाटको बिजुली बिक्री सम्झौतालाई बढाउँदै लग्नुपर्छ ।त्यसबाट अहिलेको भन्दा ३० प्रतिशत जीडपी बढ्न सक्छ ।सन् २०४७मा भारत विश्वको नम्बर वन वित्तीय फाइनान्सको अवस्थामा जाने भनी  प्रतिवेदनहरू पाइन्छ । त्यसैगरी चाइना पनि आफ्नै प्लानमा छ । मलाई लाग्छ विभिन्न प्रतिवेदनहरूले चाइना र इन्डिया टप फाइभमा पर्छ ।यस्तो अवस्था बन्यो भने यो दुई तीन दशकसम्म रहने अवस्था बन्ने मलाई लाग्छ । चाइनाले एआई जस्ता प्रविधिसँग तालमेल मिलाएर अगाडि बढिरहेको छ । यी दुई देशबीच नेपाल छ । दुई देशका पर्यटक चाहेर नचाहेर आउने भनेको नेपाल हो । चाइना इन्डियाको उद्योग विस्तार हुँदै जाने मलाई लाग्छ । कसैले रोकेर रोकिदैन् । समग्रमा हेर्दा नेपालको स्थिति नराम्रो छैन् । हाम्रै पालामा विकास हुन्छ । र हामीले नै  विकास देख्न सकिन्छ । हामीले कतै न कतै जुन लय समात्नुपर्ने हो त्यो समात्न नसकेकाले अलि बढी चिन्तित भएका छौँ . । यसका लागि सम्बन्धित र सम्मानित निकायलाई खबरदारी गर्नुपर्ने पनि जरुरी छ ।
    तपाई कतार आउँदा के सपना बोकी आउनु भएको थियो ?
    म कतार आउँदा मेरो छोरीलाई बोर्डिङ स्कूलमा पढाउन सकौँ भन्ने थियो । आमाबुबालाई  दमको बिमारी थियो ।उहाँलाई  बुबालाई राम्रो उपचार गर्न सकौँ भनी यी दुईटा सपना बोकी कतार पुगेको थिएँ । सानो तिनो जागिर र ट्राभल्स एजेन्सीको बक्यौता उठाउन पुगेको थिए । बक्यौता उठाउने कामले कतार पुगेको बेला एकाउन्टयान्टको जागिर पनि पाएको थिएँ । पछि त्यही कम्पनीमा अनरसिप लिँदै अगाडि बढेँ । संघर्ष गर्नुपर्ने अवस्था सबै ठाउँमा छ । जपान जानुस कि अमेरिका जहाँ पनि संघर्ष छ । कतारमा समर्पण र इमानदारिताका साथ लाग्नु हुन्छ भने  अहोरात्र खटिनु हुन्छ भने अन्य विकसित राष्ट्रमा  गर्नुपर्ने संघर्षको तुलनामा कतारमा अलि कम गरे पुग्छ ।
    कतारमा एउटा उच्चस्तरीय सफल व्यवसायी बन्ने कठिनाइ कत्तिको छ ? 
    २२ घन्टासम्म काम गर्ने मान्छे भएकोले मलाई  संघर्ष गर्ने मान्छेका लागि कतारमा असम्भव केही पनि छैन् ।अन्य ठाउँमा जाने र कतारमा जाने नेपालीहरूमा एकेडेमिक हिसाबले अलिकति फरक अवस्था छ । युरोप अमेरिकामा जाने नेपालीहरूको अवस्था फरक छ । म जतिखेर कतार पुगे त्यतिखेर धेरै जसो नेपालीले राम्रो ठाउँमा छोराछोरी पढाउन पाउने , आमाबाबुको उपचार गर्न पाए भनेर आउनेहरू थिए ।कतारमा आउने ९८ प्रतिशतहरूको यस्तै सपना हुन्थ्यो ।त्यो सपनाबाट फर्किन फेरि धेरै गाह्रो हुन्छ । छोरीलाई बोर्डिङ स्कूलमा पढाउनै छ । आमाबाबुको उपचार गराउनु छ । ६ महिनासम्म तलब नआए कसरी पूरा हुन्छ भन्ने भाव उनीहरूमा हुन्छ ।
    कतारमा संघर्ष गरी एक गिनेचुनेका व्यवसायीहरूको रुपमा आफूलाई विकास गरेका तपाईले नेपालमा त्यस्तो अवस्थाको व्यवसायी बन्न सक्ने अवस्था हेर्नु भएको छ कि छैन? नेपालमा तपाईँको व्यवसाय स्थित के छ त ?
    मेरा छोरा छोरी पढी हुर्की सके ।नेपालीहरूको सपना बचाउन सकिन्छ कि सकिँदैन् भन्ने छ । यस्ता सपना बोकी नेपाल छोडी उड्ने मेरा साथी भाइहरूलाई कसरी बाहिर उड्ने अवस्थामा न्यूनीकरण गर्न सकिन्छ भन्ने सोच्छु । यस्तो सामाजिक अभियानमा म लागिरहेको छु ।
    सामाजिक अभियानमा जोडिएर एनआरएनएको नेतृत्वमा आउनु भएको छ । खाडी मुलुकका गैर आवासीय नेपालीहरूलाई एनआरएनएको नेतृत्वमा लाग्नुभयो । पछिल्लो समयमा तपाईँले अध्यक्ष पदमा दिएको उम्मेदवारीको विवादको अवस्था के हो ?
    एनआरएनए सबैको साझा चौतारी बनोस भनी अभियानमा लागेको छु । यो अभिायनमा लाग्दै गर्दा मध्यपूर्व मलेसियालगायतका  साथीहरू छन् । मैले सबै मध्यपूर्वका साथीहरूप्रति आभार प्रकट गर्दछु । उहाँहरूको समर्थनमा म १५ वर्षदेखि एनआरएनएको अभियानमा लागेको छु । उहाँहरूको सहयोग र उर्जा प्राप्त नभएको भए यहाँसम्मको यात्रा पूरा गर्न सकिँदैन्थ्यो । यसका अतिरिक्त विश्वभरका एनआरएन नेपाली दाजुभाइ दिदीबहिनीको सरसल्लाह र सहयोगको बलमा अघि बढ्न पाएको हुँ । उहाँहरूको सरसल्लाहमा अघि बढ्दै गर्दा एघारौँ महाधिवेशन भन्दा पहिले दसौँ महाधिवेशनको विषयमा भन्न चाहन्छु ।  दसौँ महाधिवेशनसम्म आइपुग्दा एनआरएनएलाई केही मानिसहरूको साँघुरो घेरामा लगौँ भन्ने सोच विकसित भयो । संंस्था दसौँ महाधिवेशनमा टुक्रियो ।दसौँ महाधिवेशनमा भएको गल्ती सच्याऔँ भनेर म अहोरात्र लागेँ ।त्यसक्रममा गत  वर्षको जुन महिनामा सम्मानीय प्रधानमन्त्री ज्यूलाई नै साक्षी राखेर निवर्तमान अध्यक्ष बद्री केसी उताबाट अध्यक्ष विनोद कुँवर ज्यू मेरा मित्र उपाध्यक्ष डीबी क्षेत्री एकताका संयोजक हुनु हुन्थ्यो यताबाट महासचिव जानकी गुरुङ र म आफै पनि उपाध्यक्षको भूमिकामा थिएँ । एघारौँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ भन्ने बडो ऊर्जाका साथ अघि बढिएको थियो । विश्वका सबैजसो पत्रिकाले कभरेज गरेका थिए । विदेशमा बस्ने सबै नेपाली  खुशी हुनु भएको थियो ।  यो राम्रो अभियान सुरु गर्नु भयो भनेर नेपाली डायस्पोरा माझ खुशियाली थियो । तर केही लोभीपापीहरूको तिकडमले केही साथीहरूले एघारौं महाधिवेशनलाई एकताको महाधिवेशन हुन दिनु भएन् । उहाँहरूमा एउटा मात्र सोच थियो । नेतृत्व कसरी हत्याउने र हत्याउन नदिनेहरूलाई माइनस कसरी गर्ने भन्ने सोच उहाँहरूमा थियो । यसले गर्दा एकताको महाधिवेशन हुन सकेन् ।निर्वाचन प्रक्रियामा धाँधली गर्दा कार्यकारी अध्यक्षको पदीय दुरुपयोग गरियो । मेरा मित्र बद्री केसी ज्यूहरूले । अब त व्यक्तिगतरूपमा जाने बेला भइसकेको जस्तो लाग्छ । अहिलेसम्म संस्थागतरूपमा लडिरहेको थिएँ ।उहाँले आफू जसरी पनि अध्यक्ष हुने तरिकाले इलेक्सन सिस्टम सेटअप गर्नु भयो ।५४ जना लाइनमा बसेकाहरूलाई भोट हाल्न दिनु भएन् ।एनआरएनए अभियन्ताकै नामबाट अमेरिकाबाट भोट खसाल्न लगाउनु भयो । कतारमा म भाइ भन्छु टीका कार्कीजी उहाँको भोट नेपालबाट खसाल्न लगाउनु भयो । पछि साथीहरूले सीआईबीमा उजुरी गर्नु भयो । त्यसको पनि छानबिन भइसकेको छ । नाना भाँति विवाद उत्पन्न भएपछि बद्री केसी आफैले छानबिन समितिको निर्णय नआउँदासम्म अगाडि नबढ्ने प्रस्ताव राख्नु भयो । ९ घन्टा नबित्दै उहाँले त्यो निर्णय तोड्नु भयो । 
    परराष्ट्र मन्त्रालयमा गैर आवासीय संघको परिभाषा छ । त्यस तीस प्रतिशत त्यै पनि पुग्नु भाको छैन रे ? यो कुरा उठाउँदा लहरो तान्दा पहिरो जाने भयो । मैले साथीहरूलाई महाधिवेशन सम्मको मात्रै केही नकेही छानबिन गरेर जाऔँ भनेको थिए । मैले यो विवाद यसरी सुल्झाऔँ भनी मित्र बद्री केसीलाई नै पनि भनेको थिएँ । तर उहाँमा  संसारै जितेको जिद्दीपना देखियो । संसारै जिते पछिको मातमा परेर यो संस्थालाई समाप्त पार्ने सोच उनमा पलाएको जस्तो छ । एनआरएनजस्तो नेपालीहरूको संस्था समाप्त पार्ने नियत उहाँहरूमा देखिन्छ ।
    तर यसको महशुस उहाँलाई पछि होला मेरो विश्वास छ ।यो गलत भइरहेको छ भन्ने कुरोको महशुस भगवानले पक्कै पनि गराउनु हुनेछ । उहाँहरूले जब बाटो बन्द गर्नु भयो त्यसपछि एनआरएनएको एकताको अभियानलाई लडाइँको रूपमा अगाडि बढाउन परेको हो ।
    उहाँहरूले वार्ता प्रक्रियामा आबद्ध भइ छानबिन गरौँ र त्यसको पछि प्रक्रिया अगाडि बढाउन आफैले ल्याएको प्रस्तावलाई उल्लंघन गर्नु भयो । यो प्रस्तावको ९ घन्टा नपुग्दै यसको उल्लंघ गर्नु भयो । महाधिवेशनको बन्द सत्र सुरु भएको छैन् । बन्द सत्रमा प्रस्तुत गरिने प्रस्ताव पस्तुत गरी पारित गरिएको छैन् । पुरानो कार्यसमिति भंग भएको छैन् । आर्थिक प्रतिवेदन पास भएको छैन् । केही भएन्  गरिएन् । उहाँलाई के गर्नु थियो भने टीका लगाउनु पर्ने थियो जसरी भएपनि त्यसका लागि उहाँले तीन जना अध्यक्षको पठाएको प्रेस विज्ञप्ति कुल्चिदैँ अगाडि बढ्ने काम गर्नु भयो । उहाँले उच्चस्तरीय छानबिन समितिको संयोजक समेतको सदस्यहरूले महाधिवेशन स्थगित गर्नुपर्ने निर्णय गरेकोलाई अपमान गर्नु भयो । उहाँले एक्लौटी आफ्नो नेतृत्वमा कार्यसमिति चयन भएको घोषणा गर्नु भयो ।
    तर मेरो चाहना भनेको गैर आवासीय नेपालीहरू सबै एक ठाउँमा आउनुपर्ने थियो । अखण्ड एनआरएनए हुनुपर्ने कुरोलाई आत्मसात गर्दै निर्वतमान अध्यक्ष ज्यूलाई पनि भनेका छौं हामीले आउनुस  यही निर्वाचन समाधानको बटमलाइन हो  ।एनआरएनएको एकताका लागि मैले जे त्याग गर्नुपर्ला त्यो गरौँला । मैले त्यसका लागि मेरो उम्मेदवारी हुन नहुने माग रहेछ भने पनि त्यसबारे छलफल गरौँ ।
    मैले  सबै राजनीतिक दलसँग एनआरएनएको एकताका लागि विगतदेखि कार्य गर्दै आएको छु । सत्तापक्ष र प्रतिपक्ष सबैसँग सहकार्य गर्दै आएको छु । जुन दलको समर्थनमा यस्तो कार्य गर्नु भएको छ त्यो दललाई उहाँहरूले भ्रमित पार्नु भएको छ ।
    उहाँले जुन राजनीतिक दलको छाता ओढ्नु भएको छ त्यो सम्मानित राजनीतिक दलसमेतलाई भन्न चाहन्छु आउनुस विषयहरूमा खुला छलफल गरौँ। सहकार्यका लागि हामी तयार छौँ ।
    महाधिवेशनमा भएको निर्वाचन पछि तपाईले आफूलाई पद नभई हुन्न भन्ने मानसिकताको मनोरोग नभएको बताउँदै आउनु भएको छ । तर कतिपयले आखिर आरकेलाई पनि पद त चाहिएकै रहेछ भनी टिप्पणी गर्ने गरेका छन् नी ? यसमा तपाईँको भनाइ चाहीँ के छ ?
    मैले अघि नै भनिसकेँ रिइलेक्सन मेरो बटम लाइन हो । मलाई पदै चाहेको भए सम्मानित अदालतको ढोका ढकढकाएको भए हुन्थ्यो । तर आफूले एनआरएनएको एकता, गरिमा र प्रतिष्ठालाई स्थापित गराउनु छ । मैले अध्यक्ष हुनुको पछाडि एनआरएनएमा हरेक गैर आवासीय नेपालीले पठाएको पाँच पाँच डलरको दुरुपयोग हुन नदिन,गैरआवासीयहरूको अधिकार सुनिश्चित गराउन हो । एनआरएनए र मध्यपूर्वका गैरआवासीयहरूलाई देखाउँदै केही साथीहरूबाट भएगरेका पदीय दुरुपयोगलाई मेरो अध्यक्षताको उम्मेदवारी हो । मैले यसबारे मिहिन विश्लेषणतिर लागिन् । ती साथीहरू आफैले भएगरेका गल्ती सच्याएर जानु होला ।हामी भोलि सँगै जानुछ । कुरो आफै बुझे राम्रो ।

    नेपाल सरकारसँग आम गैर आवासीय नेपालीको नागरिकतासम्बन्धी विषयहरूको समाधान खोज्न भइरहेको ढिलाइमा द्रुतगति दिन, सामाजिक सुरक्षाका लागि आफूले गरेको पहल र प्रयासलाई हेरे पुग्छ ।त्यस्ता कुरालाई पन्छाएर आफू मात्र अध्यक्ष हुन खोज्ने र त्यसका लागि हर तिकडम गर्ने गरी भए गरेको प्रयासको विरुद्धमा आफूहरूको एकता अभियानको प्रयास हो । दसौँ महाधिवेशन देखि भत्किन पुगेको एनआरएनएको आस्थाको धरोहर मैले ढल्न दिन हुँदैन भनी पवित्र बोध मैले गरेको छु । त्यसका लागि लडिरहेको छु । मलाई त्यसका लागि मध्यपूर्व लगायत विश्वभरका साथीहरूले दिनुभएको सहयोग र समर्थन कालागि लड्नु पर्छ । मैले उहाँहरूलाई एनआरएनएको पादरदर्शिताको विश्वास दिलाएको छु । एनआरएनएको एकताका साथै नागरिकता र सामाजिक सुरक्षा जस्ता विषयमा गरको प्रतिबद्धताका लागि मैले लड्नुपर्छ ।

    निर्वाचनमा भएको जुन प्रकारको धाँधली प्रक्रिया छ त्यस्तो विश्वभर कतै पनि छैन् । मान्छे नेपालमा छ अमेरिकाबाट भोट खसाइन्छ । मान्छे कतारमा छ भोट नेपालमा खसाइन्छ । दिउँसो भोट दिँदा बेलुका एकथरी निर्णय हुने र बेलुका भोट गर्दा बिहान अर्को थरी निर्णय हुने जस्तो क्रियाकलापको सुधार र सशोंधन त फेरि चुनाव गराउनु हो ।
    निर्वाचनको घोषण भइसकेपछि सीईओ फेर्नु हुँदैन भनिरहँदा पूर्व महासचिव मसँग तर्किनु भएको थियो ।
    अहिले तपाईँसग एनआरएनए मातहतका निकाय र गैरआवासीयहरूकोृ समर्थन छ भन्ने लाग्छ ? साथै अहिले अर्कै संगठनको निर्माण भइसकेको छ । यस्तोमा कसरी एनआरएनएको एकता कसरी सम्भव छ ?
    एनआरएनएका अभियन्ताहरूको ९० प्रतिशत बढी समर्थन आफूसँग रहेको छ । भोटिङको लडाइँ मात्रै होइन हामीले एनआरएनएको एकताका लागि लडिरहेका छौँ ।

    सरकारले यसको समाधान गर्नुपर्छ । यसबाट सुशासन दिन सरकारले पहल गरेको विश्वास देश र विदेशमा स्थापित हुनेछ । सरकारले यसलाई समाधान गर्ने विश्वास छ । सरकारले नग्नरुपमा भएको धाँधली र एनआरएनएको विभाजन गराउने प्रयासलाई निरुत्साहित गर्नुपर्छ । म आफैँ छानबिनको प्रक्रियामा दोषी ठहरिन्छु भने सरकारले मलाई पनि दण्डित गरोस भन्ने चाहेको छु । एनआरएनएहरूमा फैलिएको आशंकाको समाधान सही ढंगबाट हुनुपर्ने चाहना आफूहरु रहेको छ । यसको सही समाधान भनेको फेरि निर्वाचन गराउनु हो । त्यो छानबिन समितिको प्रतिवेदन वा फेरि छानबिन गरी सही गलतको छिनफानो गर्नु आवश्यक छ । एनआरएनएको एकता र अखण्डता आफ्नो मुख्य अभियान हो । सरकारले एनआरएनएको एकता कायम गराउन विवाद समाधान गरे यसबाट विश्व माझ सुशासन दिन सकेको प्रतिष्ठा स्थापित हुनेछ । एनआरएनएको विवाद देशमा मात्रै होइन विश्वमा समेत फैलिएको छ ।

    प्रतिक्रिया दिनुहोस