Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

थप दुई हजार छ सय ७४ सहिदमा सूचीकृत


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 411
    Shares

  • थप दुई हजार छ सय ७४ सहिदमा सूचीकृत

    काठमाडौँ। सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    images

    विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । उक्त नामावली भने गृह मन्त्रालयले बिहीबारमात्रै राजपत्रमा प्रकाशित गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस