Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा चैत २७ गते 


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 519
    Shares

  • ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा चैत २७ गते 

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको हो । सभामा शेयरधनीहरुलाई ३ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ । 

     २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । 

    प्रतिक्रिया दिनुहोस