Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

माघसम्ममा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 651
    Shares

  • माघसम्ममा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिटेन्स) २१.६ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब  रुपैयाँ रेमिटेन्स भित्रिएको हो । 
    अमेरिकी डलरमा विप्रेषण पनि १९.१ प्रतिशतले बढेर ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ जना पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस