Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बागमती प्रदेशसभा बैठक बस्दै


नया सडक

२०८०, फागुन २९ मंगलबार

  • 483
    Shares

  • बागमती प्रदेशसभा बैठक बस्दै

    मनहरी ।  बागमती प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।  बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

    यही फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरूबीचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्य र २०८०÷८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समिति गठन गरेको थियो ।

    एघार सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष दलबीचको सहमतिलगायतका विषयमा अध्ययन तथा परामर्श गरी आजको बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । बैठकअघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।  रासस

    प्रतिक्रिया दिनुहोस