काठमाडौँ । आज नेप्से नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेको छ । आज ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ३०५ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।आज ३७ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र सन नेपाल लाइफ इन्सुरेन्स परेको छ ।