Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सहायक वन अधिकृत पार्धे विरुद्ध भ्रष्टाचार मुद्दा दायर


नया सडक

२०८०, फागुन ३० बुधबार

  • 594
    Shares

  • सहायक वन अधिकृत पार्धे विरुद्ध भ्रष्टाचार मुद्दा दायर
     
    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव–डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
     
    सहायक वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु सात हजार घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
     
      उहाँले भन्नुभयो, “काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु सात हजार घुस÷रिसवत लिएको पुष्टि भएपछि आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।” पार्धेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को को दफा ३ को उपदफा ९१० को देहाय ९क० बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो । 
     
     

    प्रतिक्रिया दिनुहोस