काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडेड २ लाख ५५ हजार ७४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा पेश गर्नुपर्ने भनाई कम्पनीको छ । बैंकले १३ जना संस्थापकहरूको नाममा रहेको यी शेयर विक्री गर्न बताएको छ ।